• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रवि लामिछाने – व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने


  • धनकुटा खबर
  • .

रौतहट : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका छ्न।

सभापति लामिछानेले दुर्गा प्रसाँईको आन्दोलन आम जनताको दल सरकारप्रतिको निराशा भएको बताएका छन्।

आज रौतहटको चन्द्रनिगाहपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या भएको बताएका हुन्।

सरकारले देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारणसमेत आम नागरिकमा निराशा छाएका बताएका छन्। आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणसमेत यो व्यावस्थाकै विरोधमा उत्रेको बताए।

लामिछानेले संसारकै सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोधमा हैन,लामो समयदेखि यो व्यवस्था संचालन गरेका नेताको विकल्प खोज्नुपर्ने बताए।

मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖