• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

सूनको मूल्य बढ्यो, चाँदीको कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले मात्रै बढ्दै १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖