• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजालाई योगेश भट्टाराईको सुझाव- लिङदेनलाई महासचिव बनाएर राप्रपाको अध्यक्ष बन्नुस्


  • धनकुटा खबर
  • .

ताप्लेजुङ । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले गणतन्त्र अन्त्य गर्छु भन्दै हिँड्नेहरू र पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधिहरूमाथि सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने माग गर्नुभएको छ।

गृह जिल्ला ताप्लेजुङमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले जस्केलाबाट नछिरी सक्रिय भई खुला राजनीतिमा आउन चुनौती दिनुभएको हो।

सचिव भट्टराईले भन्नुभयो, ‘आज सरकार र सरकारको नेतृत्व गर्ने दल र नेताहरू प्रधानमन्त्री यी तमाम कुरामा किन रमिता हेरेर बसेका छन् । सरकारको धारणा के हो ? ज्ञानेन्द्र शाहप्रति गरेका गतिविधिप्रति सरकारको धारणा के हो ? तथाकथित दुर्गा प्रसाईँलाई उचालेर काठमाडौँमा गरेको प्रदर्शनप्रति सरकारको धारणा के हो ? राजतन्त्र फर्काउँछु भन्नेहरू प्रति सरकार के भन्छ ? गणतन्त्र अन्त्य गर्छु भन्नेहरू प्रति प्रचण्ड जी के भन्नु हुन्छ। हामी सरकारलाई सोधिरहेका छौँ।’

सचिव भट्टराईले राजेन्द्र लिङदेनलाई महासचिव बनाएर राप्रपाकाे अध्यक्ष बनेर खुल्ला राजनीतिमा आउन शाहलाई चुनौती दिनुभयो।

पूर्व राजालाई आवास, सुरक्षा लगायतको सुविधा दिएको स्मरण गर्दै उहाँले यस्ता गतिविधि गरे शाहलाई कारबाही गर्नुपर्ने बताउनुभयो।

‘हामीले मानवीय नाताले पूर्व राजाकी आमालाई नारायणहिटीमा बस्न दिएका छौँ, पूर्व राजालाई सुरक्षा दिएका छौँ, आवास सुविधा दिएका छौँ,’ भट्टराईले भन्नुभयो, ‘फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरू देशका राजा कत्लेआम भए, त्यसकारणले यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु।’

शाह व्यापारी भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न सुझाव दिनुभएको छ। ‘उद्योग धन्दा खोलुन् न । मानिसहरूलाई रोजगारी दिउन् । उहाँसँग पैसा छ। विदेशमा राखेको पैसा छ। राष्ट्रिय उद्योग खोलुन्। लगानी गरुन्। हिजो कमाएको पैसा राखेका छन्,’ भट्टराईले भन्नुभयो, ‘त्यसको सम्मान र सुरक्षा राष्ट्रले गर्छ। तर,राजनीतिक अधिकारकारलागि सडकमा आउने हो भने जस्केलाबाट छिर्न कोसिस गर्ने होइन।’

उहाँले धार्मिक सहिष्णुता बिथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थिरता मच्चाउन र जातीय सद्भाव बिथोल्ने काम नगर्न चेतावनी दिनुभयो । समाज पछाडि नफर्कने भएकाले सडकमा नाङ्गो नाच नचाउनुको अर्थ नरहने सचिव भट्टराईको धारणा छ।

यस्ता गतिविधिहरूलाई छुट दिने र अहिलेको परिस्थिति सम्हाल्न नसके सरकार छोड्न उहाँले प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। ‘एमाले र अरू भिड्छन् र आनन्दले सत्ता चलाउँछु भन्ने भ्रम पालेको भए प्रचण्डीले त्यो दिवा स्वप्न नदेखे हुन्छ’ सांसद भट्टराईको चुनौती छ। उहाँले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी यी तमाम रमिता हेरेर बसेको प्रति आश्चर्य व्यक्त गर्नुभयो।

भट्टराईले भन्नुभयो, ‘२०४६ साल, २०६३ सालजस्तै एमाले र काँग्रेसले मिलेर जानुपर्ने अवस्था आउन सक्छ। परिस्थिति जटिल बनेको छ। अर्थतन्त्र जटिल अवस्थामा पुगेको छ। अराजकता मच्चिएको बेला काँग्रेस र एमाले गम्भीर बन्नुप

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖