• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

ओली आउने भएपछि सडकका खाल्डा पुरिँदै


  • धनकुटा खबर
  • .

बैतडी : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बैतडी आउने भएपछि सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ। सडक डिभिजन कार्यालय पाटन, बैतडीले आफ्नो अधिकार क्षेत्रमा पर्ने कालोपत्र सडकका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेको हो। डिभिजन कार्यालयले बिशेष गरी अनारखोलीदेखि झुलाघाटसम्मको कालोपत्रे सडकमा सरसफाइसँगै खाल्डाखुल्डी पुर्ने कामलाई तीव्रता दिएको छ।

एमाले अध्यक्ष ओलीसहित नेताहरु आउने भएपछि सुरक्षा संवेदनशीलताका आधारमा सडक मर्मत तथा खाल्डा पुर्ने अभियान थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। सडकका खाल्डा पुर्नका लागि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले निर्देशन दिएका थिए। खाल्डा पुर्ने नाममा जथाभावी माटो हाल्दा सडक झन् अव्यवस्थित भएको सवारी चालकहरुले गुनासो गरेका छन्।

सडक डिभिजन कार्यालय पाटनका प्रमुख मुकुन्द प्रसाद लामिछाने भने पहिलो चरणमा खाल्टा पुर्ने काम भएको र फेरि सरसफाइसहित व्यवस्थित गर्ने काम हुने बताउँछन्। एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछ। एमालेले मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट अभियान आरम्भ गर्नेछ। अभियानको उद्‌घाटनका लागि ओली बैतडी आउन लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖