• Tuesday 6th of October 2026

एलन मस्क इजरायल पुगे


  • धनकुटा खबर
  • .

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुहरूले आक्रमण गरेको ठाउँको भ्रमण गरेका छन्।

इजरायली प्रधानमन्त्रीको एक्स ह्यान्डलबाट धेरै पोष्टहरूमा मस्कको भ्रमणको जानकारी दिइएको छ।यस अनुसार मस्कले प्रधानमन्त्री नेतन्याहुसँग आज बिहान ‘काफर अजा’ नामक किबुटजको भ्रमण गरेका थिए । प्रधानमन्त्रीले शनिबार अक्टोबर ७ गते भएको नरसंहारको बर्बरता देखाए ।

मस्कलाई आक्रमणमा प्रयोग गरिएका गोली, आक्रमणमा ध्वस्त भएका घर, भित्तामा गोलीका निशान, चारैतिर छरिएका वस्तुहरू देखाइएको थियो।

सार्वजनिक भएको भिडियोमा एलन मस्क आफ्नो मोबाइलबाट त्यहाँको दृश्य खिचिरहेको देखिएका छन् ।मस्कलाई हमासको आक्रमणमा मारिएका ओफिर लाइब्स्टेनको ध्वस्त घरमा पनि लगिएको थियो।

उनलाई इटमारी परिवारको बारेमा भनिएको थियो, जसको चार वर्षीया छोरीलाई बन्धक बनाएर गाजा लगिएको थियो र बच्चाका आमाबाबुलाई मारिएको थियो। अबिगेल इडान नामकी यी बालिकालाई हमासले आइतबार रिहा गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖