• Sunday 4th of October 2026

फिनपोस कारोबारमा अब ध्वनी प्रविधि पनि


  • धनकुटा खबर
  • .

काठमाडौं। डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ। नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको हो।

अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरुले कार्ड, क्यूआर नेपाल पे वा फोन पे र एम स्मार्ट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत हुने बैंकले जनाएको छ।

जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फोनपोस पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन्। साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।

यस बाहेक फरक फरक माध्यमहरु मार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिदैं पहिलो डिजिटल स्मार्ट बैंकको रुपमा आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडी बढि रहेको छ।

हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएममार्फत १५ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖