• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यस्ता छन् मन्त्रिपरिषद्का दुईवटा बैठकले गरेका ३५ निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले जाजरकोट भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि नेपाली सेना, नेपाली प्रहरी सशस्त्र प्रहरी लगायतलाई खटाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, बैठकले न्याय परिषदको सिफारिसमा विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई तोक्ने पनि निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

त्यस्तै, सरकारले रु. १०० दरका १० हजार थान स्मारिका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

मंसिर ७ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने करिब ६५ करोड अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖