काठमाडौं । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ९ लालगढमा निर्माण गरिएको गौतम होटल सञ्चालनमा आएको छ ।
उक्त होटलको (शनिबार) एक कार्यक्रमका बीच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र यातायातमन्त्री चन्दन सिंहले उद्घाटन गरेका हुन् । उक्त होटल बर्दिवास, लालगढ र ढल्केबर आसपासकै स्तरीय होटल हो । यसका सञ्चालक भने हिरा गौतम हुन् ।
गौतम होटल मधेश प्रदेशमा प्रतिष्ठित होटलको रुपमा परिचित छ । होटल उद्घाटनमा होटल उद्घाटनमा पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सचिव गिरिराजमणि पोखरेल, बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्री, गायक शिव परियार, गायिका मञ्जु पौडेल, हाँस्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुश), हाँस्यकलाकार तथा समाजसेवी कुञ्जना घिमिरेलगायत विभिन्न कलाकारहरुको पनि उपस्थिति रहेको थियो ।
