• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

महिलाको शव फेला


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ । मिथिला नगरपालिका–५ स्थित औरही खोलाको पश्चिम किनारमा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

आइतबार अपराह्न ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा पुगिसकेकाले २÷३ दिनअघि मृत्यु भएको अनुमान गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकुमार साहले जानकारी दिए ।

मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖