• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

शिकार खेल्न गएका बेला आफैले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु


  • धनकुटा खबर
  • .

दार्चुला । दोलखामा भरुवा बन्दुकले लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तामाकोशी गाउँपालिका–२ स्थित झुलेमा स्थानीय २० वर्षीय सन्जीव सार्कीको जङ्गलमा सिकार खेल्न गएका बेला भरुवा बन्दुकले लागेर मृत्यु भएको हो ।

गएराति डाँडाबारी जङ्गलमा सार्की सहित ७ जनाको टोली शिकार खेल्न गएका थिए । सोही क्रममा सार्की आफैँले चलाएको भरुवा बन्दुकको काठको बट भाँचिएर अटोमेटिक फायर हुँदा उनको देब्रे छातीमा छर्राले लागेको थियो । छर्रा लागेर घाइते भएका सार्कीको रिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको दोलखाका प्रहरी, प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी दिपक खड्काले जानकारी दिनुभयो ।

सार्कीसँगै शिकार खेल्न गएका तामाकोशी गाउँपालिका–३ का १६ वर्षीय कृष्ण नेपाली, सोही स्थानका १८ वर्षीय रचेस मुग्राती, १५ वर्षीय सुमन तोलांगी, २२ वर्षीय माधव पोख्रेल, ४२ वर्षीय संजिव पोख्रेल, तामाकोशी गाउँपालिका–२ झुलेका २५ वर्षीय अविदित कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖