• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एक घरबाट ३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ ।

तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो । पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो । आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖