• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

यो सरकारलाई जनताले रुचाए : महासचिव गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आवश्यकता रहेको बताएका छन् ।

सोमबार रुकुम पश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताएका हुन् ।

‘पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ, सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ, नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ, माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ,’ गुरुङले भने ।

नेपालमा रहेका कम्युनिष्टमा वैचारिक कुरामा केही नमिले जस्तो देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए । ‘कम्युनिष्टमा अन्तर द्वन्द्व हुनु राम्रो होइन, यसले नेपालमा रहेका कम्युनिष्टलाई नै समस्या बनाउँछ, कुनै न कुनै समयमा हामी एक भएर काम गर्नु पर्छ,’ उनले भने ।

अहिलेको गठनबन्धनको सरकार तीन वर्ष टिक्ने गुरुङले दाबी गरे । ‘अहिलेको सरकार तीन वर्ष नै टिक्छ, यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन्, तर त्यो काम सफल हुन सक्दैन, यो सरकारलाई जनताले रुचाएका छन्, सरकारले पनि जनमुखी काम गर्दै आएको छ,’ उनले दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖