• Monday 5th of October 2026

नयाँ रोगका कारण चीनमा कोरोनाकालको जस्तो अवस्था !


  • धनकुटा खबर
  • .

काठमाडौं । चीनमा बालबालिकामा निमोनियाजस्ता रोग फैलिरहेको छ । जसका कारण उनीहरूलाई सास फेर्न गाह्रो भइरहेको छ ।

दैनिक सात हजारभन्दा बढी बिरामी अस्पतालमा आउने गरेको समाचार छ । यो रोगलाई लिएर विश्वमा तनाव बढेको छ भने अर्कोतर्फ चीनले आत्तिनुपर्ने कुरा नभएको बताएको छ ।

चिनियाँ अधिकारीहरूले फ्लू जस्तो रोगको कारण कुनै नयाँ संक्रमण नभएको बताएका छन्। चीनमा फैलिरहेको यो रोगमा असामान्य केही नभएको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार कोभिड-१९ को कडा प्रतिबन्धहरू हटाइएका कारण बालबालिकाहरू बिरामी हुँदैछन्।

गत हप्ता चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई प्रतिक्रिया दिँदै बालबालिकामा निमोनिया जस्ता केसहरू बढ्नु ‘असामान्य’ वा ‘नयाँ रोग’ नभएको बताएको थियो। कोभिड प्रतिबन्ध हटाउँदा फ्लु जस्ता रोगहरु बढ्दै गएको चीनले बताएको थियो ।

तर, चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी मी फेङले बिरामीको संख्या बढ्दै गएको देखेर चीनमा बाल चिकित्सा क्लिनिक खोलिएको बताए ।

चिनियाँ अधिकारीहरूलाई सकेसम्म धेरै बालबालिका र वृद्धहरूलाई फ्लूको खोप लगाउन निर्देशन दिइएको छ। मानिसहरूलाई मास्क लगाउन र बारम्बार हात धुन पनि आग्रह गरिएको छ।

तर, चिनियाँ चिकित्सक र अन्तर्राष्ट्रिय विज्ञहरू चीनमा यो रोग बढ्दै गएपछि चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन् । विज्ञहरूका अनुसार कोभिड प्रतिबन्धहरू हटाइएपछि यस प्रकारको रोग चीनमा मात्र नभई धेरै देशहरूमा फैलिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖