इटहरीमा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ ।
इटहरी-२ शान्तिझोडास्थित राई टोलमा बसोबास गर्दै आएकी ६५ वर्षिया मधुमाया पुरीको हत्या भएको हो।
पुरीको सोही ठाउँमा बसोबास गर्दै आएका ४० वर्षिय सन्तोष राईले खुकुरी प्रहार गरी हत्या गरेका हुन ।
खुकुरी प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
