• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेल काण्डमा अर्बौँ घोटाला: महामन्त्री थापा


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्बौँ घोटाला भएको अनुमान गर्न सकिने गरी एनसेलका कुरा आइरहेको बताएका छन्।

ओखलढुंगा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आज महामन्त्री थापाले यस्तो बताएका हुन।

‘नागरिकको सबैभन्दा ठूलो आक्रोश भ्रष्टाचारको विषयमा छ। प्रत्येक दिन बिहान रेडियो सुन्दै गर्दा नयाँ नयाँ काण्डहरू आइरहेका छन्। कहिल्यै सुनको काण्ड आएको छ, त्यो भन्दा अगाडि कुनै अर्को काण्ड सुनियो,’ उनले भने, ‘हिजोआज तपाईंहरूले पत्रपत्रिका पढ्नुभएको छ भने एनसेलमा अरबौं रुपैयाँको काण्ड सुन्नुहुन्छ। प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौँ रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छ।’

कांग्रेसको समेत सहभागिता रहेको सरकारले एनसेलको खरिदबिक्रीमा कानुनको दुरुपयोग भएको छ कि छैन हेर्नुपर्ने महामन्त्री थापाले बताए।

उनले भने, ‘यदि कुनै ठुलै नेताको सम्पत्ति कहीँ कतै चोर बाटोबाट लगेर त्यो कालो धन नेपालमा फेरि लगानीको नाममा फर्काउने प्रयास भएको छ भने पनि जो–सुकै होस्, त्यसले दण्ड पाउँछ भन्ने विश्वास कांग्रेसले दिलाउन सक्नुपर्छ।’-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖