• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेल सेयर खरिद-बिक्रीमा ठूलो आर्थिक अपराध भइरहेको छ : अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

नुवाकोट : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताएका छन्। आइतार नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभन्जाङ्ग स्थलगत यात्राका क्रममा नुवाकोट पुगेका अध्यक्ष ओलीले देशलाई कंगाल बनाएर ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरे ।

ओलीले एनसेल प्रकरणमा खरबौंको चलखेल भएको आरोप लगाएका छन् । आगामी सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले छल्न कम्पनी अर्कालाई बेचेको नाटक गरिएको ओलीले बताए । आर्थिक अपरोधको खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने उनको भनाइ छ।

अध्यक्ष ओलीले ओलीले विदेशी पर्यटक नेपाल ल्याउन रेल र सुरुङमार्ग आवश्यक रहेको बताए। उनले नेपालको परराष्ट्र नीति असंलग्न रहेको हुँदा कोही शत्रु नरहेको बताए । नेपाल र नेपालीको हितमाभन्दा अहिलेको सरकार आफ्नै हितमा केन्द्रीत रहेको उनको आरोप छ । ‘खरबौं अर अरबौं खेलमा देशलाई समस्या पारिदैछ,युवा शक्ति पलायन छन्,चिन्ता कस्ले गर्ने?,’अध्यक्ष ओलीले प्रतिप्रश्न गरे ।

उनले मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने विषयमा एमालेको गम्भीर ध्यान गएको बताए । हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनुपर्नेमा अहिलेको सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ। अब समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउँदै ओलीले यही सन्देश लिएर नेकपा एमालेले मङ्सिर १४ गतेबाट अभियान सुरु गरेको उल्लेख गर्दै एमाले सरकारमा नहुँदा जनताले दुःख पाएको बताए। । एमालेलाई सरकारबाट हटाएपछि देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको उनको भनाइ छ ।

अध्यक्ष ओलीले देश विकास र परिवर्तनका लागि बैंकहरुले एकतर्फी रुपमा ब्याज बढाउन नमिल्ने बताए। बैंकले व्याज एकतर्फी बढाउने नीति परिवर्तन जरुरी रहेको उनको भनाइ छ ।

युवा शक्ति विदेश जानबाट रोक्न गठबन्धन सरकारले गर्न नसकेको ओलीको भनाइ छ । देशमा यातायात र कृषि क्षेत्रबाट जनताका धेरै काम गर्न सकिने उनले जिकिर गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖