• Monday 5th of October 2026

रणवीर कपूरको ‘एनिमल’ले तोड्यो जवान र पठानको रेकर्ड


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले भारतीय बक्स अफिसमा नयाँ रेकर्ड राखेको छ।

फिल्मले प्रदर्शनको १० औं दिन नयाँ रेकर्ड राखेको हो। यो १० औं दिनमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म बनेको छ। यसले शाहरूख खानको फिल्म ‘जवान’ र ‘पठान’ को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार ‘एनिमल’ ले १० औं दिन भारतमा ३७ करोड भारू कमाएको छ। ‘जवान’ ले ३६ करोड ८५ लाख भारू कमाएको थियो भने ‘पठान’ ले २८ करोड ५ लाख भारू कमाएको थियो।

‘एनिमल’ ले विश्वभरबाट ६९७ करोड भारू कमाइ गरेको छ भने भारतमा ४३२ करोड २७ लाख भारू कमाइ गरेको छ।

‘एनिमल’ ले ५४ करोड ७५ लाख कमाउँदै सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ। यसअघि शाहरूख खानको ‘जवान’ ले हिन्दी संस्करणमा पहिलो दिन ६५ करोड ५० लाख भारू कमाएको थियो भने ‘पठान’ ले ५५ करोड भारू कमाएको थियो।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖