• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाको धन्यवाद


  • धनकुटा खबर
  • .

काठमाडौं । न्यायको लडाइँमा साथ दिएको भन्दै नवराज विकका बुबाले धन्यवाद दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित र्‍याली शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो, जहाँ नवराजका बुबा मोहन बिकले न्यायको लडाइँमा साथ दिएकोमा धन्यवाद दिए । उनले धन्यवाद दिँदै जमिनमा ढोगे ।

१० जेठ २०७७ मा प्रेमिकालाई लिन साथीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका जाजरकोटको भेरी नगरपालिका–४ सानागाउँका २१ वर्षीय नवराजसहित ६ जनाको हत्या भएको थियो ।

जिल्ला अदालत, रुकुम पश्चिमले १९ मंसिरमा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न भएको अभियोगमा २३ जनालाई जन्दकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖