• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाण्डौमा निषेधित क्षेत्र तोडेको आरोपमा अभियन्ता पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डाै – काठमाण्डौमा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केही अभियन्तालाई पक्राउ गरेको छ ।

सरकारले माइतीघर क्षेत्रलाई प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेपछि नागरिकले विरोध प्रदर्शन गर्ने पाउने अधिकार कुण्ठित भएको भन्दै अभियन्ताले विरोध गर्दै आएका छन् ।

आज शुक्रवार भएको विरोधका क्रममा नागरिक अभियन्ता पक्राउ परेका हुन् । भद्रकालीमा जम्मा भएर माइतीघरतर्फ जान खोज्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको नागरिक अभियन्ताले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖