काठमाडाैं । मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानमा रहेकाे नेकपा एमालेकाे टाेली आज पाँचथरकाे चिवाभञ्ज्याङ पुग्दैछ ।
झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा संकल्प यात्राको आज अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे टोली पूर्वी विन्दु चिवाभञ्ज्याङमा पुग्न लागेकाे हाे ।
चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराउनुहुनेछ । शनिबार पाँथरको फिदिममा बसेको टोली आज बिहान त्यहाँबाट प्रस्थान गर्नेछ । साँझ फिदिमा नै बास बस्नेछ ।
सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय भन्ने नारासाथ एमालेले संकल्प यात्रा गरिरहेकाे छ ।
पार्टी अध्यक्ष ओलीले मंसिर १४ गते बिहान साढे ८ बजे राष्ट्रिय झण्डा झण्डाेत्तलन गरेर बैतडीकाे झुलाघाटबाट अभियानकाे सुरुआत गर्नुभएकाे हाे । झुलाघाटस्थित महाकाली नदी किनारबाट बिहान सुरु भएको पहिलो दिनको यात्रा साँझ डडेलधुराको अमरगढी पुगेर टुंगिएकाे थियाे ।
अभियानकाे दाेस्राे दिन मंसिर १५ गते पार्टी अध्यक्ष ओली नेतृत्वकाे एमालेकाे टाेलीले डढेल्धुराकाे अमरगढीदेखि डाेटीकाे सिलगढीसम्मको ७० किलोमिटर दूरी पार गरेकाे थियाे । अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो ।
अभियानकाे तेस्राे दिन डोटीको सिलगढीबाट सुरु भएकाे यात्रामा टाेलीले अछामको चौखुट्टे, मार्कु, साँफेबगर र बयलपाटा हुँदै मंगलसेन पुगेकाे थियाे ।
संकल्प यात्राकाे चाैथाे दिन एमालेकाे टाेलीले अछामको मंगलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा गरेको थियो ।
संकल्प यात्राको पाँचौं दिन साेमबार दैलेख बजारबाट सुरु भएर डुंगेश्वर, गुराँसे हुँदै टाेलीले ७१ किलोमिटर दूरी पार गरेर सुर्खेत पुगेकाे थियाे ।
संकल्प यात्राकाे छैटाैं दिन एमालेकाे टाेलीले सुर्खेतबाट रुकुमकाे रुकुमकाेटसम्म यात्रा गरेकाे थियाे ।
संकल्प यात्राकाे साताैं दिनकाे लुकुम, बुर्तिबाङ, गुल्मीकाे वामीटक्सार हुँदै बाग्लुङकाे गल्कोट पुग्दै टाेली १ सय ३० किलाेमिटर दूरी पार गरेकाे थियाे ।
संकल्प यात्राकाे आठाैं दिन टाेलीले बाग्लुङ बजार, पर्वतकाे कुश्मा, नयाँ पुल, रामटार, काँडे, नौडाँडा र हेम्जा हुँदै १ सय ३० किलोमिटर दूरी पार गर्दै कास्कीकाे पाेखरासम्म यात्रा गरेकाे थियाे ।
संकल्प यात्राकाे नवाैं दिन टाेली कास्कीकाे पाेखराबाट लमजुङ हुँदै गाेरखा पुगेकाे थियाे ।
संकल्प यात्राकाे दशाैं दिन मंसिर २३ गते टाेली गाेरखाकाे सल्यानटारबाट धादिङ हुँदै नुवाकाेट पुगेकाे थियाे ।
संकल्प यात्राकाे ११औं दिन मंसिर २४ गते पार्टी अध्यक्ष ओली नेतृत्वकाे एमालेकाे टाेलीले नुवाकोटबाट सिन्धुपाल्चोक हुँदै काभ्रेपलाञ्चाेकसम्मकाे यात्रा गरेकाे थियाे ।
संकल्प यात्राकाे १२औं दिन मंसिर २५ गते टाेलीले काभ्रेपलाञ्चाेककाे धुलीखेलबाट सिन्धुपाल्चोक, दोलखा हुँदै रामेछापको मन्थलीसम्मकाे यात्रा गरेकाे थियाे ।
संकल्प यात्राकाे १३औं दिन टाेलीले रामेछापकाे मन्थलीबाट सिन्धुली र ओखलढुंगा हुँदै खोटाङसम्मकाे यात्रा पूरा गरेकाे थियाे ।
संकल्प यात्राकाे १४औं दिन टाेलीले खाेटाङकाे दिक्तेलबाट भाेजपुर समम्मकाे यात्रा पूरा गरेकाे थियाे ।
संकल्प यात्राकाे १५औं दिन टाेली भाेजपुर बजारबाट धनकुटा हुँदै अध्यक्ष ओलीकाे जन्मथलाे तेह्रथुम पुगेकाे थियाे ।
संकल्प यात्राकाे १६औं दिन टाेलीले तेह्रथुमका विभिन्न ठाउँमा बिताएकाे थियाे । तेह्रथुमकाे बसन्तपुरबाट १६औं दिनकाे यात्रा थालेकाे टाेली म्याङलुङ्ग नगरपालिका, आठराई गाउँपालिका-१ स्थित सक्रान्तिबजार हुँदै आठराई-४ इवा पुगेकाे थियाे । टाेली अध्यक्ष ओलीकाे जन्मथलाे इवामै बास बसेकाे थियाे ।
संकल्प यात्राकाे १७औं दिन टाेली तेह्रथुमबाट पाँचथरकाे फिदिम पुगेकाे थियाे । आज १८औं दिन टाेलीले फिदिमबाटै पाँचथरकै चिवाभञ्जायङ पुगेर १८ दिने संकल्प यात्राकाे समापन गर्न लागेकाे हाे ।
