• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत भएन


  • धनकुटा खबर
  • .

चितवन— गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरूको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन ।

भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्वपश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) सडकखण्डको केरुङगा घोल (खोला)को कल्भर्ट मुनी जुटको बोराभित्र दुईजनाको शव भेटिएको थियो ।

अन्दाजी २५ वर्षको पुरुष र ३० वर्षकी महिलाको शव भेटिएपछि प्रहरीले सनाखत गर्न लागेको हो । शवको सनाखत नहुँदा घटनाको अनुसन्धानमा समेत समस्या परेको उनले बताए ।

उनले भने, ‘सनाखत नहुँदा घटनाको दोषीसम्म पुग्न कठिन भएको छ ।’
सनाखतका लागि प्रहरीले ७७ जिल्लामा सूचना पठाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖