• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,३ पुस । सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय कार्यान्वयनमा रोक लगाएको हो ।

आफूलाई वीर अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा सरुवा गर्ने निर्णयविरुद्ध डा.पौडेलले गएको मंसिर १८ गते रिट दायर गरेका थिए । उनले रिटमा आफू नियुक्त भएको पदमा पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गरेका थिए ।

अब अदालतबाट अन्तिम आदेश नहुँदासम्म उनले निर्देशककै रूपमा काम गर्न पाउने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖