• Tuesday 6th of October 2026

भारतमा कोभिड–१९ को नयाँ भेरियन्ट, ३ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

५ पुस, काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ ।

भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् ।

केरला बाहेक भारतभरमा जम्मा ५८ जनामा ​​संक्रमण देखिएको छ
केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖