• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्र बैंकले माग्यो ६७ कर्मचारी


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस ६ । नेपाल राष्ट्र बैंकले विभिन्न रिक्त ६७ पदमा आवेदन माग गरेको छ। बैंकले आज सूचना सार्वजनिक गर्दै विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएको उल्लेख गर्दै ती जनशक्तिको माग गरेको र बैंकले प्रशासन तर्फ ५० र प्राविधिक तर्फ १७ जनाका लागि दरखास्त आव्हान गरेको हो।

बैंकले सहायक निर्देशक र सहायक तर्फका प्रकाशसनिक तथा प्राविधिक कर्मचारीका लागि दरखास्त मागेको छ। सबैका लागि बेग्ला बेग्लै योग्यता तोकेर कर्मचारी मागिएको छ।

योग्यता पुगेका इच्छिुक व्यक्तिहरुले तोकिएको दस्तुर तिरेर पुस २६ गते भित्र दरखास्त दिन सक्नेछन् भने डबल दस्तुर तिरेर माघ ४ गते भित्र आवेदन दिन पाउने व्यवस्था बैंकले गरेको छ।

आवेदन नेपाल राष्ट्र बैंकको वेभसाइटमा गएर अनलाइनबाट भर्न पाइने व्यवस्था बैंकले गरेको छ। आजदेखिनै यो व्यवस्था गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖