• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गृहमन्त्री गुरुङ आज भारत जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्।

गुरुङ नेपाल वायुसेवा निगमको दिउँसो १ः३० बजेको उडानबाट नयाँदिल्ली गएका हुन्।

बिमस्टेकका सात सदस्य राष्ट्र नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू बैठकमा सहभागी हुनेछन्। सन् १९९७ मा बिमस्टेक स्थापना भएपछि पहिलोपटक गृहमन्त्रीस्तरीय बैठक आयोजना हुन लागेको हो।

बैठकमा सदस्य राष्ट्रहरूबीच सुरक्षा सहकार्य, आतंकवाद नियन्त्रण, सीमापार अपराध नियन्त्रण तथा कानुन कार्यान्वयन गर्ने निकायहरूबीच समन्वय सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।

यसअघि गृहसचिव तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकले सिफारिस गरेका सुरक्षा मुद्दाहरूमा पनि गृहमन्त्रीहरूले छलफल गर्नेछन्।

भारत भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय गृहमन्त्री अमित शाहलगायत बिमस्टेक सदस्य राष्ट्रका समकक्षीहरूसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖