• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देउवा – अहिलेको व्यवस्थामा कसैको बहुमत आउँदैन


  • धनकुटा खबर
  • .

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थामा कसैको बहुमत नआउने दोहोर्‍याएका छन्। तैपनि कांग्रेस भने ठूलो पार्टी भएको उनको भनाइ थियो।

‘यो व्यवस्थामा कुनै पनि पार्टीको बहुमत आउने सम्भावना रहँदैन। तर पनि सबै साथीहरूको सहयोग, त्याग, तपस्या र बलिदानले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ’, शनिबार कांग्रेसको बागमती प्रदेश सम्मेलनमा सम्बोधन गर्दै उनले भने।

समावेशी समानुपातिक लोकतान्त्रिक व्यवस्था अत्यन्तै महत्त्वपूर्ण व्यवस्था भएको देउवाको भनाइ थियो। यही व्यवस्थाका कारणले आदिवासी जनजाति, दलित, अपांगता भएका व्यक्ति सबैको प्रतिनिधित्व हुने व्यवस्था स्थापित गरिएको उनको भनाइ थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖