• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कान्तिपुर टिभीबाट बाहिरिए दिलभुषण पाठक, नयाँ प्रधान सम्पादकमा विजय पौडेल


  • धनकुटा खबर
  • .

कान्तिपुर टेलिभिजनको सम्पादकीय नेतृत्व हेरफेर हुने भएको छ।
प्रधान सम्पादक दिलभुषण पाठकले पदबाट राजीनामाको घोषणा गरेसँगै कान्तिपुर व्यवस्थापनले नयाँ प्रधानसम्पादकको रूपमा विजय पौडेललाई नियुक्ति दिने तयारी गरेको छ।

प्रधानसम्पादक पाठकले कान्तिपुर टेलिभिजन छोडेको घोषणा गरे पनि कतिपय प्राविधिक कुराहरू मिल्न बाँकी रहेकाले लिखित राजीनामा भने बुझाइ नसकेको बताए।

‘समाचार टिमका साथीहरूलाई कान्तिपुर टेलिभिजन छोड्न लागेको जानकारी गराइसकेको छु,’ पाठकले भने, ‘केही विषयहरू मिल्न बाँकी रहेकाले लिखित राजीनामा दिएको छैन, व्यवस्थापनले प्रतिबद्धता पूरा गर्नेबित्तिकै राजीनामा बुझाउँछु।’

पाठक २०७८ भदौमा कान्तिपुर टिभीको प्रधानसम्पादक भएका थिए। सम्पादकको रूपमा पाठकको यो दोस्रो कार्यकाल थियो।

उनको नेतृत्वका कान्तिपुर टिभीमा दैनिक १४ वटा समाचार बुलेटिन र हप्ताको तीनवटा टक शो सञ्चालन हुँदै आएका थिए। उनी आफैंले सञ्चालन गर्ने ‘टफ टक’ लोकप्रिय टेलिभिजन कार्यक्रमका रूपमा मानिन्छ।

यस्तै, कान्तिपुर टिभीको नयाँ प्रधानसम्पादक पत्रकार विजय पौडेल नियुक्त हुने भएका छन्।

उनी कान्तिपुर जाने निश्चित भए पनि कहिलेदेखि हाजिर हुने टुंगिसकेको छैन। पौडेलले अब दुईचार दिनपछि आफूले काम सुरू गर्ने बताए।

पौडेलले यसअघि पनि कान्तिपुर टिभीमै काम गरेका थिए।
साथै कान्तिपुर टिभीले रूपेश श्रेष्ठलाई सम्पादकका रूपमा कान्तिपुरमै फर्काउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖