• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मध्यपहाडी लोकमार्गबारे ओलीको जवाफ: ‘बैंसमा दाँत फुक्लिएको’ जस्तो


  • धनकुटा खबर
  • .

काठमाडौं,८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग ‘बैंसमा दाँत फुक्लिएको’ जस्तो देखिएको टिप्पणी गरेका छन्।

एमालेले मंसिर १४ गतेबाट सञ्चालन गरेको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मध्यपहाडी क्षेत्रमा भईरहेको तीव्र बसाईसराइ र युवा पलायनले मध्यपहाडी क्षेत्र ‘बैंसमा दाँत फुक्लिएको’जस्तो देखिएको टिप्पणी गरेका हुन् ।

‘यसको उठान र निर्माणसँग जोडिएका सबै कुराहरू राम्रो हुनुपर्छ। मध्यपहाडी भेगको जीवनलाई, जवानीलाई। अहिले बैंसमा दाँत फुक्लिएको जस्तो भएको छ,’ ओलीले भने, ‘त्यसलाई जोगाउने हो भने विकासका पूर्वाधार तयार गर्नेदेखि लिएर त्यहाँका हार्डवेयर बनाउने काम गर्नुपर्छ।’

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का सन्दर्भमा प्रचण्ड र देउवासँग पनि कुरा भएको थियो। गठबन्धन, सरकार र प्रधानमन्त्रीसँग गर्नुपर्ने थुप्रै कुराहरू छन्। त्यहाँका जनता र भूगोलले मागेका कुराहरू धेरै छन् ’ओलीले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖