• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यातायातमन्त्रीको गाडीमा आगजनी भएको पुष्टि


  • धनकुटा खबर
  • .

काठमाडौँ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको खुलेको छ । राजधानीको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेका हुन् ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ । यद्यपि आगजनीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ भने अहिले आन्दोलका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖