• Sunday 4th of October 2026

साओमीको पहिलो विद्युतीय कार सार्वजनिक, ८०० किलोमिटरसम्म रेन्ज दिने दाबी


  • धनकुटा खबर
  • .

विद्युतीय ग्याजेट र उपकरण उत्पादनको लागि प्रख्यात चिनियाँ कम्पनी साओमी अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार कम्पनीले बिहीबार आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ। जसको नाम एसयू७ राखिएको छ। यो सेडान हो। कारको नाममा भएको ‘एसयू’ ले स्पीड अल्ट्रा भन्ने अर्थ दिने कम्पनीले बताएको छ।

विश्वका अन्य चर्चित कार निर्माता कम्पनी जस्तै टेस्ला र पोर्ससँग समेत प्रतिस्पर्धा गर्ने लक्ष्यसहित साओमी बजार प्रवेश गरेको बताइएको छ। एसयू७ मा टेस्ला र पोर्सेमा भन्दा छिटो गति प्रदान गर्न सक्ने ‘सुपर इलेक्ट्रिक मोटर’ प्रविधि भएको साओमीको दाबी छ।

कम्पनीले एसयू७ निर्माणका लागि मात्रै १० बिलियन युआन (१.४ बिलियन डलर) खर्चेको छ।

साओमी एसयू७ कम्पनी ट्रायल उत्पादन भएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) लिई जुनले बताएका छन्। उनले मंगलबार नै सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘साओमी एसयू७ कम्पनीको ट्रायल उत्पादन हो। र, यो केही महिनाभित्रै आन्तरिक बजारमा उपलब्ध गराइनेछ। यसको मूल्य भने निर्धारण भइसकेको छैन।’

बिहीबार एसयू७ सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै लिईले यो कारले पोर्सको टेक्यान र टेस्लाको मोडल एक्सलाई एक्सेलेरेसन र अन्य मेट्रिक्समा सहजै हराउन बताए।

उनले आफ्नो डिजाइन टोलीमा पहिले बिएमडब्लु र मर्सिडिज-बेन्ज जस्ता कम्पनीहरूमा काम गरेको अनुभवी कर्मचारी भएको समेत बताए।
सिइओ लिईका अनुसार साओमी एसयू७ सन् २०२४ देखि बजारमा उपलब्ध गराइनेछ। करिब तीन वर्षको निरन्तर प्रयासपछि कम्पनीले पहिलो कार सार्वजनिक गरेको समेत उनले बताए।

साओमी एसयू७ लाई साओमीको स्मार्टफोन र इन्टरनेट जडान भएका घरेलु उपकरणहरूसँग एकीकृत गर्न सकिन्छ। यो गाडीले एप्पलको आइफोन, आइप्याड, कारप्ले र एयरप्ले पनि समर्थन गर्ने बताइएको छ।
एसयू७ पूरै ब्याट्रीबाट सञ्चालित हुनेछ भने यसले एक पटकको पूरा चार्जमा ६२८ किलोमिटरदेखि ८०० किमोमिटरसम्मको रेन्ज दिने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖