• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बर्दियाबाट वनभोज आएको बस दाङमा दुर्घटना


  • धनकुटा खबर
  • .

दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको जानकारी दिए।

तीमध्ये तीन जना गम्भीर भएको उनले बताए।

‘घाइते कति जना हो र अवस्था के हो भन्ने खुलेको छैन,’ उनले भने ‘ तुलसीपुर बजारबाट एम्बुलेन्सहरु उद्धारका लागि पठाइएको छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖