• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले तत्काल मन्त्रीहरु फिर्ता नबोलाउने


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले तत्काल मन्त्रीहरु हेरफेर नहुने बताएका छन् । आज (आइतबार) पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उनले कांग्रेसबाट मन्त्री बनेका कसैलाई पनि तत्काल फिर्ता बोलाउने तयारी नरहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाहेमा दलका नेतासँग सहमति गरेर हेरफेर मन्त्री हेरफेर गर्न सक्ने र पार्टीमा पनि सो विषयमा छलफल हुने उनले बताए । अहिले प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेरको विषयमा कांग्रेसलाई कुनै प्रस्तावनै नगरेकाले यस विषयमा छलफलसमेत नभएको उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री रहेका छन् । उपसभापतिसमेत रहेका पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं रक्षा मन्त्रीको जिम्मेवारीमा खड्का रहेका छन् । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद, स्वाथ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकास मन्त्री सीता गुरुङ, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्य र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖