• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पुस १८ र १९ गते मेची राजमार्ग बन्द आब्हान


  • धनकुटा खबर
  • .

धनकुटा । पहिचानवादी नेता बुलेट किरातीको रिहाको माग गर्दै यहि पुष १८ र १९ मा मेची राजमार्ग बन्दको आब्हान गरेको छ ।

हेर्नुहोस  विज्ञप्तिः

प्रेस विज्ञप्ति

पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई)को तत्काल रिहाइको माग गर्दै यही पुस १८ र १९ गते मेची राजमार्ग बन्द कार्यक्रम घोषणा गर्दछौँ !

प्रदेश नं. १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समिति सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतावादी राजनैतिक कित्तामा विश्वास राख्ने पहिचानवादी शक्ति भएकाले गोत्रीय ‘कोशी’ प्रदेश नाम विरुद्धको आन्दोलन वर्तमान संविधानले नै निर्धारण गरेको दायरा भित्रबाट समाधान होस् भन्ने हेतुले हाम्रो हरेक आन्दोलनहरू शान्तिपूर्ण तरिकाले अघि बढिरहेका छन् । यही क्रममा यस सङ्घर्ष समितिले मङ्सिर ३० र पुस १ गते आह्वान गरेको प्रदेश नं. १ यातायात बन्दको अवधिमा आन्दोलनलाई बद्नाम गर्ने बदनियतले इलाम जिल्लामा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा झापा जिल्लाका यस सङ्घर्ष समितिका पहिचानवादी युवा नेता बुलेट किरातीलाई झुटो आरोप लगाई पक्राउ गरी इलामको पशुपतिनगर थानामा प्रशासनले थुनेर मुद्दा चलाइरहेको अवस्था छ । उक्त घटना घटेको लगत्तै यस सङ्घर्ष समितिको इलाम जिल्ला र केन्द्रले तत्काल विज्ञप्ति निकालेर त्यस आगजनीको घटनामा हाम्रो सङ्घर्ष समितिको कुनै संलग्नता नभएको स्पष्ट गरिसकिएको विदितै छ ।

हाम्रो शान्तिपूर्ण आन्दोलनमा सरकारले हाम्रा नेता पदम कुमार लिम्बु ‘लाजेहाङ’को हत्या गर्दा र गजेन्द्र लिम्बुलाई अनाहकमा गोली ठोक्दा पनि हामीले आगजनी हुने आन्दोलनको कल्पना समेत गरेनौँ, किनकि वर्तमान पहिचानको आन्दोलन अहिलेको संविधानले प्रत्याभूत गरेको सीमाभित्रबाट समाधान होस् र शान्तिपूर्ण एवम् लोकतान्त्रिक होस् भन्ने हाम्रो मनसुबा र लक्ष्य रहेको छ । त्यस्तो जटिल अवस्थामा हामीले आन्दोलनलाई शान्तिपूर्ण तरिकाले अघि बढाइरहेको अवस्थामा मङ्सिर ३० र पुस १ को यातायात बन्दमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि सकिँदैन । त्यसैले बुलेट किराती (अन्जेश राई) निर्दोष छन् र उहाँलाई तत्काल रिहाइ गरियोस् भनेर हामीले पटक पटक प्रशासनसमक्ष डेलिगेसन गई भनेका थियौँ ।

तर प्रशासनले बुलेट किरातीलाई रिहाइ गर्नुको सट्टा झुटो मुद्दा हालेर सडाउने षडयन्त्र गरेकोले उहाँको रिहाइका लागि यही पुस १८ र १९ गते मेची राजमार्ग यातायात बन्द गर्न बाध्य भएका छौँ । यस दुई दिने मेची राजमार्ग बन्दलाई सफल बनाउन सहयोग गरिदिन सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछौँ ।

यसैगरी मुक्कुम्लुङ सङ्घर्ष समितिको विरोधका बाबजुद पनि याक्थुङ लिम्बुहरूको पवित्र धार्मिक एवम् आध्यात्मिक आस्थाको स्थल मुक्कुम्लुङमा सरकार पक्षबाट जबजरजस्ती केबलकार बनाउने निजी कम्पनीलाई अनुमति दिने निर्णयको घोर विरोध र भत्सर्ना गर्दछौँ । उक्त केबलकार बनाउने अनुमतिको निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई अनुरोध गर्दछौँ । अन्यथा त्यहाँ भिडन्तको स्थिति आई डरलाग्दो हिंसा भड्किन सक्ने चेतावनी दिन चाहन्छौँ ।

प्रदेश नाम ‘कोशी’ – खारेज गर !
प्रदेश नाम ‘कोशी’ – मुर्दावाद !
सहिद पदम कुमार लिम्बु ‘लाजेहाङ’ – अमर रहून् !
पहिचानको आधारमा प्रदेश नं. १ को – पुन: नामकरण गर !

२०८० पुस १५ गते

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖