• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी अदालतमा


  • धनकुटा खबर
  • .

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी जिल्ला अदालतमा हाजिर भएका छन् ।

सहकारीको रकम अपचलन आरोप लागेका शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र आइटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

उनीहरुविरुद्ध कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गर्नुअघि नै उनीहरु फरार भएका थिए । मंगलबार भोटे र अर्याल कानून व्यवसायीसहित अदालत उपस्थित भए । उनीहरुको अहिले थुनछेक बहस भइरहेको छ ।

यसअघि उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । उक्त सहकारीका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । अझै १५ जना फरार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖