• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री पद धरापमा परेपछि माधव नेपाललाई लिएर प्रचण्ड भेट्न गए ज्वाला


  • धनकुटा खबर
  • .

काठमाडौं । दुई जना युवाको ज्यान जानेगरी गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाले विवादमा तानिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पार्टी अध्यक्ष माधव नेपाललाई साथमै लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । मन्त्री ज्वालाले अध्यक्ष नेपालसहित (मंगलबार) विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डलाई भेटेका हुन् । भेटमा उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि दोष थुपारेको भन्दै प्रचण्डसँग गुनासो गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसँग मन्त्री ज्वालाले घटना आफ्नो कारण नभएर सुरक्षा निकायका कारण घटेको जिकिर गरेका थिए । त्यहाँको परिस्थिति केही पनि थाहा नभएकाले आफूहरु सो बाटो आएको उनले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिए । प्रदर्शनकारीहरुले गाडी रोकेपछि आफूहरुले गाडी त्यही छोडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको उनको आरोप छ ।

कोरिया भाषा परीक्षा विवादमा प्रर्दशन भइरहेको अवस्थामा सो दिन मन्त्री ज्वालाको गाडी सोहीबाट जाँदा घटनाले गम्भीर मोड लिएको धेरैको बुझाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖