• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पहिचानवादीहरुको दुई दिने बन्दले मेची राजमार्गमा यातायात ठप्प, जनजीवन प्रभावित


  • धनकुटा खबर
  • .

कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत पाँच पहिचानवादी संस्थाले गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ।

आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै गरिएको बन्दले सवारी आवागन अवरुद्व भएको छ । प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई झुटो मुद्दा लगाएर प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गदै पहिचानवादीले आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरेका छन् ।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३० र पुस १ गते बन्द आह्वान गरिएको थियो। त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगगनी गरिएको थियो। झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई (बुलेट किराती) लाई पक्रेको छ।

तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ। बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ। उनीहरूले पक्राउ राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖