• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्ड नेतृत्वको सरकारको आयु ०८४ सम्मः महामन्त्री थापा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु ०८४ सालसम्म भएको बताएका छन् ।

बुधबार पूर्व कर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । साथै उनले कांग्रेसमा चुनावपछि जितेर सरकार बनाएपछि के गर्ने भन्ने कुनै जवाफ नरहेको बताए । उनले कांग्रेसभित्र त्यस्तो कुनै छलफलनै नभएकाले यस्तो समस्या देखापरेको बताए ।

‘अहिले प्रचण्डजीको नेतृत्वमा सरकार छ । यो सरकारको आयु भनेको ०८४ सम्म भयो । नेपाली कांग्रेस पार्टीले कुनै एउटा इलेक्सन अगाडि हामीले सोच्ने कुरा भनेको, यत्रो आठ लाख ६० हजार क्रियाशील सदस्य छन् । लाखौं सदस्यहरुलाई परिचालित गर्छौं । यत्रो ठूलो सदस्यता परिचालित गरेर के गर्ने ? निर्वाचन जित्ने ।’ उनले भने, ‘पार्टीको मान्छे जसलाई सोध्यो भने पनि अर्को निर्वाचनको चिन्ता छ ।

निर्वाचन जित्यो भने अरु त केही हुने होईन सरकार बन्छ । सरकार बनेपछि के हुन्छ त ? हामी सरकारमा पुगेपछि के हुन्छ ? भन्ने प्रश्न सोध्यो भने चाहीँ त्यो प्रश्नको उत्तर हामीसँग हुँदैन । किनकी त्यो प्रश्नको हामीले कहिले पनि कुराकानी गरेकै हुँदैनौं ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖