• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

शेखर कोइरालाको प्रश्न- टिआरसी विधेयक र विभिन्न काण्डबाट बँच्न गठबन्धनलाई एमालेको साथ चाहिएको हो?


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय सभाको सिट बाँडफाँटमा एमालेलाई पनि सहभागी गराउनेबारे गठबन्धनमा भएको छलफलका विषयमा आश्चर्य प्रकट गरेका छन्।

कोइरालाले सत्ता गठबन्धनको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभाको भागबन्डा गर्ने चर्चा चलेपछि एक्स (ट्वीटर)मा लेख्दै त्यसप्रति आश्चर्य जनाएका हुन्।

उनले हिजो कोशी प्रदेशका कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउँदा माओवादी केन्द्रले गठबन्धन धरापमा परेको बताएको स्मरण गर्दै आज त्यही माओवादी राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न खोजेको बताएका हुन्।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ कोइरालाले लेखेका छन्।

कोइरालाले सत्य संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयक टुंग्याउन र विभिन्न काण्डहरूबाट बँच्न गठबन्धनका दलहरू एमालेसँग मिलेको बताएका छन्।

‘सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?,’उनले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖