• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अघिअघि मानबहादुर पछिपछि डोजर


  • धनकुटा खबर
  • .

दाङ,स्थानीय तहकाे दाेस्राे निर्वाचन भएकाे अब दुई बर्ष पुग्दै छ । गाँउघरकाे सिँहदरवारका रूपमा हेरीएकाे स्थानीय सरकारलाई कतै गालीकाे वर्षा छ भने कतै तालीकाे ओईराे ।

दाङकाे तुलसीपुर उपमहानगरपालीका वडा नं ११ का अध्यक्षलाई भने बिकास निर्माणका काममा भ्याइ-नभ्याइ छ।

निर्वाचित भएर पदभार ग्रहण गरे यता जनताका घरदैलाेमा पुगेर वडामा भएका गतिविधि सामाजिक सञ्जालमा राखिहाल्नुहुन्छ ।

केही दिन अघि जसपुर चाैकी देखि पश्चिम तर्फकाे बाटाेमा बिहानकाे समय (मर्निङ वाक) मा हिडेका बेला सडककाे अवस्था कष्टकर देखेपछी मिलिजुली रावत टोल विकास संस्थाका स्थानीयलाई तत्काल काम गरे वडाकाे तर्फवाट बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता सहित फर्कनुभएकाे थियाे ।

साे सडकमा सिँचाइ कुलाे निर्माणका क्रममा ठेकेदारकाे लापरवाहीका कारण बाटाे फिलिङ र ग्रावेलकाे काम नहुँदा स्थानियले सास्ती व्यहोर्नुपरेको अध्यक्ष रावतले बताउनुभयाे।

जनताकाे सेवक भएकाले स्थानीयकाे समस्या आफ्नै समस्या जस्ताे लाग्छ ।´ तेसैले समन्वय गर्छु अघिअघि मानवहादुर, पछिपछि डाेजर पुगिहाल्छ रावतले भन्नुभयाे´।

ठुला याेजनाका लागि नगर,प्रदेश र केन्द्रमा जाने गरेकाे भएपनि स्थानीयका स-साना समस्या समाधान गर्नु स्थानीय सरकारकाे दायित्व भएकाले तत्काल काम गरीएकाे अध्यक्ष रावतले बताउनुभयाे।

सिमित बजेटले सोचे भन्दा राम्रो काम गर्न सकिन्छ भन्ने उद्देश्य लिएर अभियानमा वडावासी सबै लागे आफ्नो गाउँ आफै सजिलै बनाउन सकिने अध्यक्ष रावतकाे भनाइ छ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ११ काे करीब १ लाख ४० हजार रूपैयाकाे लागतमा जसपुर प्रहरी चौकी देखि क्वाङ्ग खोला सिमाना सम्मकाे करीब ८ सय मिटर बाटाे मर्मत कार्य सकिएकाे छ ।

कच्चि नालासहित ९ मिटर चाैडा बनाईएकाे बाटाेमा ग्रावेल राख्ने काम समेत सम्पन्न गरीएकाे उपभाेक्ता समितका अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिनुभयाे ।

स्थानीयले भाेगेकाे समस्यामा तदारूक्ता देखाई समयमै काम सम्पन्न गर्न सहयाेग गरेकाेमा निर्माण समितिकाे तर्फवाट अध्यक्ष रावत सहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेकाे निर्माण समिति सचिव सुरेन्द्र बुढाथाेकीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖