• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा समातिए


  • धनकुटा खबर
  • .

काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ ।

बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए ।

डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले हिजो अदालत लगेको थियो ।

त्यही बेला प्रहरीको आँखा छलेर परार भएका उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖