• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अदालतबाट भागेका थुनुवा पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले दिए । खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो । उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖