• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग एमालेले भाग खोजेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई पनि समेटेर लैजाने तयारी गरेपछि कांग्रेस नेता शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी माघ २१ गते १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी एमालेलाई पनि भागबण्डामा सामेल गराउने गृहकार्य सुरु भएपछि नेता कोइरालाले असन्तुष्टि जनाएका हुन्।

नेता कोइरालाले एमालेलाई प्रतिपक्षीको भूमिकामा रहन चेतावनी दिँदै सरकार प्रतिपक्षको चुनावी सहकार्य स्वीकार्य हुन नसक्ने बताए।

उनले डिसी नेपालसँग भने, ‘आफ्ना निहित स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मान्यता बेगर गरिने सत्ता र प्रतिपक्षीको चुनावी मिलेमतो स्वीकार्य हुन सक्दैन।’

टिआरसी विधेयक टुंगो लगाउन प्रधानमन्त्री पुष्पपकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यको प्रस्ताव अघि बढाएको उनले बताए। अन्य काण्ड बाट जोगिनका लागि कांग्रेसले पनि साथ दिन खोजेको उनकाे आरोप छ।

सत्ता गठबन्धन र प्रतिपक्षीको चुनावी सहकार्य गर्ने चलखेल लोकतन्त्र विरोधी कार्य रहेको नेता कोइरालाको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖