• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डिएसपी सुधीर राईको ललितपुर परिसरमा सरूवा


  • धनकुटा खबर
  • .

डिएसपी सुधीर राईको जिल्ला प्रहरी परिसर ललितपुरमा सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले राईलाई ललितपुर पठाएको हो। उनलाई जिल्लाको ‘अपरेसन कमान्डर’को जिम्मेवारी दिइएको छ।

गत शुक्रबार बालकुमारीस्थित इपिएस कोरिया शाखामा भाषा परीक्षाका लागि आवेदन दिन पुगेकाहरू र प्रहरीबीच झडप भएको थियो। दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो।

दुई युवाको मृत्यु भएपछि ललितपुरमा रहेका अपरेसन कमान्डर डिएसपी उमेश लम्साल निलम्बित भएका थिए। गोली चलाउन निर्देशन दिएको भन्दै उनलाई निलम्बन गरिएको थियो। लम्सालको ठाउँमा राईलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओ प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई पनि निलम्बन गरिएको थियो।

ललितपुर परिसरका प्रमुख रहेका एसएसपी शिद्धिबिक्रम शाहलाई पनि प्रहरी प्रधान कार्यालयमा तानिएको थियो। ललितपुर परिसर प्रमुखमा कसलाई पठाउने निर्णय भइसकेको छैन।

ललितपुर परिसरमा एसपी भने नवराज कार्की छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖