• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हुलाक मार्फत मन्त्री किराती विरुद्ध जाहेरी


  • धनकुटा खबर
  • .

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ । बिहीबार मन्त्री किरातीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् ।

मन्त्री किरातीले धार्मिक भावनामा आँच पुर्‍याएको भन्दै उनले जाहेरी दिएका छन् । मन्त्री किरातीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।

मन्त्री किरातीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पुर्‍याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यस्तै मन्त्री किरातीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य धर्मप्रति हेय तथा भेदभाव पुर्‍याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖