• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दसैंका लागि ल्याइएका बिक्न बाँकी खाद्यका २० च्याङ्ग्रा कुकुरले टोकेर मरे


  • धनकुटा खबर
  • .

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैं र तिहारका लागि बिक्री गर्न ल्याएका २० वटा च्याङ्ग्रा मरेका छन् ।

व्यापार कम्पनीले दसैं-तिहारलक्षित ल्याएका च्याङ्ग्रा बिक्री भएका थिएनन् । दसैं-तिहारमा बिक्री नभएर बाँकी रहेका ४७ च्याङ्ग्रामध्ये गएराति २० मरेको कम्पनीले जनाएको छ ।

कम्पनीले दसैं-तिहारका लागि उपभोक्तालाई सहुलियत मूल्यमा बिक्री गर्न ५४२ वटा च्याङग्रा ल्याएको थियो । बुधबार साँझसम्म स्वस्थ रहेका च्याङ्ग्रा बिहीबार बिहान मरेको अवस्थामा भेटिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रदेश प्रमुख ज्ञानु थापाले जनाइन् ।

उनले दसैं-तिहार र छठसम्म कम्पनीसँग बिक्री हुन बाँकी ४७ च्याङ्ग्रामध्ये २० वटा बिहीबार मरेको जनाइन् । बुधबार साँझ स्वस्थ अवस्थामा रहेका च्याङ्ग्रा आज बिहान मरेको अवस्थामा पाएको उनको भनाइ छ । उनले मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको पनि जनाइन् । उनले राति कुकुर छिरेर केही समय च्याङ्ग्रालाई टोकेर पुनः कुकुर बाहिर आएको सीसीटीभी फुटेजमा देखिएको जानकारी दिइन् ।

‘बुधवार बेलुकासम्म सबै च्याङ्ग्रा स्वस्थ थिए । राति च्याङ्ग्रा मरेकाले सीसीटीभी फुटेज हेरेर थाहा पाएका हौं । ९ बजे मात्रै खबर भयो । मरेकामध्ये २ वटाको परीक्षण गर्न प्रयोगशाला पठाइएको छ । भेटेनरी डाक्टरहरुका अनुसार कुकुरले टोकेको हो कि भन्नुभएको छ । राति १२ बजे दुई/तीनवटा कुकुर भित्र छिरेको देखिन्छ,’ उनले भनिन् ।

केन्द्रीय चिकित्सालय त्रिपुरेश्वरमा कार्यरत पशु चिकित्सक एलबी शाहीले च्याङ्ग्रा कुकुरको टोकाइबाट मरेको देखिएको जानकारी दिए । उनले च्याङ्ग्रालाई कुकुरले घाँटीमा टोकेको जस्तो घाउ देखिएको दाबी गरे । २३ वटा च्याङ्ग्रा मरेको उनको भनाइ छ । उनका अनुसार थप १४ च्याङ्ग्रा बिरामी छन् । उनले च्याङ्ग्रालाई स्वस्थ कुकुरले टोकेको परीक्षणमा देखिएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖