• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन: प्रधानमन्त्री प्रचण्ड


  • धनकुटा खबर
  • .

काठमाडौं, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालस्थित भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताएका छन् ।

शुक्रबार बिहान राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले । खर्च गर्ने प्रक्रियामा रहेर मात्रै रकम खर्च हुने बताएका हुन् ।

‘एचआईसिडिडी अन्तर्गत् भारतले दिने रकम ३ करोड बाट सुरू भएर ५ करोड हुँदै २० करोड पुगेको सत्य हो। तर, जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रकृया छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नगरपालिकाबाट गर्ने हो। तर, यहाँहरूले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। बढी व्यवहारिक बनाउन लागिनेछ।’

बैठकमा सांसदहरूले सम्झौताबारे जिज्ञासा राखेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

बिहीबार नेपाल-भारत संयुक्त आयोगको बैठकमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो। बिहीबार बिहानको गठबन्धनको बैठकमा भने प्रधानमन्त्री प्रचण्डले यो सम्झौता यसपालीको एजेन्डा नभएको बताएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖