• Monday 5th of October 2026

इन्गेजमेन्ट गरेकाे १४ महिनापछि टुटेकाे थियाे रश्मिकाकाे पहिलाे प्रेम


  • धनकुटा खबर
  • .

रश्मिका मन्डन्ना र विजय देवरकोंडाको बारेमा अहिले धेरै चर्चा भइरहेकाे छ । मिडिया रिपोर्टका अनुसार यी दुई स्टारले अर्को महिना अर्थात् फेब्रुअरीमा इन्गेजमेन्ट गर्दैछन् । यद्यपी दुबैले यस विषयमा आधिकारिक रुपमा केही भनेका छैनन् ।

उनीहरुबीच ‘डियर कमरेड’ फिल्म निर्माणदेखि नै सम्बन्ध रहेकाे चर्चा चलेकाे थियाे । तर, के तपाईलाई थाहा छ रश्मिका मन्डन्नाले यसअघि पनि एक पटक इन्गेजमेन्ट गरिसकेकी थिइन् । इन्गेजमेन्टको १४ महिनापछि रश्मिकाले सम्बन्ध ताेडेकी थिइन् । रश्मिकाले यसअघि अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेकी थिइन् ।

पहिलो फिल्मकै क्रममा प्रेम
रश्मिका मन्डन्नाको पहिलो साउथ फिल्म ‘किरिक पार्टी’ थियो । यो फिल्ममा रश्मिकासँगै रक्षित शेट्टी मुख्य कलाकार थिए । फिल्मको सुटिङका ​​क्रममा दुवै गहिरो साथी बनेका थिए ।

यो मित्रता कहिले मायामा परिणत भयो थाहा भएन । यसपछि रश्मिकाले सन् २०१७ मा रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरिन् । तर उनीहरुको सम्बन्ध १४ महिना मात्र टिक्यो र त्यसपछि उनीहरुले इन्गेजमेन्ट तोडेका थिए ।

मिडिया रिपोर्टका अनुसार रश्मिका र रक्षितको इन्गेजमेन्ट तोड्नुको कारण उनीहरुबीच बुझाइमा समस्या आएकाे थियो ।

१४ महिनामा दुवैबीच धेरै समस्या आउन थालेको खबर पनि आएको थियाे । त्यसपछि दुवैले अलग हुने निर्णय गरेका थिए ।

बलिउडदेखि साउथसम्म चर्चा
रश्मिका मन्डन्ना एक अभिनेत्री हुन्, जसले दक्षिणदेखि बलिउड उद्योगमा धेरै नाम कमाएकी छिन्। साउथमा आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेपछि रश्मिकाले हिन्दी सिने जगतमा प्रवेश गरेकी थिइन् र अहिले भर्खरै रिलिज भएको ‘एनिमल’बाट सबैलाई प्रभावित गरिन् । चलचित्र ‘पुष्पा’उनी अभिनित चर्चित फिल्म हाे ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖