• Friday 9th of October 2026

यू-१९ विश्वकप : दक्षिण अफ्रिकाले कप्तानलाई हटायो


  • धनकुटा खबर
  • .

जोहानसबर्ग । अन्डर-१९ विश्वकपको एक साताअघि दक्षिण अफ्रिका बोर्डले अन्डर-१९ टोलीका कप्तान डेभिड टिगरलाई पदबाट हटाएको छ । टिगरले प्यालेस्टाइनसँग चलिरहेको युद्धमा इजरायली सैनिकलाई समर्थन गरेको टिप्पणी गरेपछि बोर्डले टिगरको सुरक्षाका लागि यो कदम चालेको हो।

क्रिकेट साउथ अफ्रिका (सीएसए)का अनुसार विश्वकपमा दर्शकले टिगरसँग हिंसा नहोस् भनेर यो निर्णय लिइएको हो । उनी खेलाडीका रूपमा टोलीमा रहनेछन् र समयसँगै नयाँ कप्तान घोषणा गरिनेछ ।

१९ वर्षीय डेभिड टिगरको जन्म दक्षिण अफ्रिकाको जोहानेसबर्ग सहरमा भएको थियो । तिनीहरू यहूदी हुन्। १९ जनवरीदेखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकाका ५ स्थानमा हुने यू–१९ विश्वकपमा कुल ४१ खेल हुनेछन् ।

दक्षिण अफ्रिका अन्डर-१९ कप्तानमा टिगरको नियुक्तिलाई लिएर यसअघि पनि प्रदर्शन भइसकेको छ। दक्षिण अफ्रिका र भारतबिचको नयाँ वर्षको पहिलो टेस्टको क्रममा प्यालेस्टाइन समर्थकहरूको समूहले न्युल्यान्ड्सको मुख्य गेट बाहिर विरोध प्रदर्शन गरेको थियो । खेलको क्रममा फ्यानहरूको एक समूह प्यालेस्टिनी झण्डा लिएर उत्तर स्ट्यान्डमा बसेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖