• Monday 5th of October 2026

बहुगुणकारी सिस्नु मानव स्वास्थ्यदेखि जीवजन्तुमा समेत बहुउपयोगी


  • धनकुटा खबर
  • .

निराजन आत्रेय/काठमाडौं । सिस्नो केही समय अघिसम्म नेपालका निम्नवर्गीय परिवारले खाने तरकारीको रुपमा परिचित थियो । यो टिप्न गाह्रो र पकाउन पनि झण्झट हुने भएकोले मध्यम एवं उच्च आर्थिक स्तर भएका परिवारहरुले यसलाई आफ्नो रोजाईमा पारेनन् । तर, जब सिस्नोको महत्व वैज्ञानिक रुपमा समेत पुष्टि हुनथाल्यो । त्यसपछि सिस्नोको लोकप्रियता बढ्न थाल्यो ।

हाम्रा बारीका कान्ला, भीरपाखा एवं बाँझो खेतबारीलगायतका क्षेत्रमा सिस्नु पाइन्छ । सिस्नुको नाम सुन्नासाथ हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौं । सिस्नुसँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रूपमा चिन्छन् ।

यसको महत्व धेरैलाई थाहा नभएको पनि हुनसक्छ । यो बहुगुणकारी हो । यसलाई सागका रूपमा प्रयोग गर्न सकिन्छ । पहिले गरिबले मात्र प्रयोग गर्ने सागका रूपमा सिस्नुलाई हेरिन्थ्यो । पछिल्लो समय यसको साग खानेहरू बढेका छन् । त्यसैले त हाल यो सहरका ठूला–ठूला डिपार्टमेन्ट स्टोर, तारे होटल, रेस्टुराँहरूमा महँगो खानाको परिकारमध्येमा पर्न थालेको छ।

सिस्नोमा के के पाइन्छ ?

रायोको सागमा ३ सय ५० आई.यू.भिटामिन मात्रै पाइन्छ भने सिस्नोमा १२ सय आई. यू. भिटामिन ए, र भिटामिन सी अत्यधिक रुपमा पाइन्छ । तस्तै आइरन, फमिक एसिडलगायतका अन्य तत्वहरु पनि यसमा पाइन्छन् । भिटामिन पाइने अन्य तत्वहरु भन्दा सिस्नोमा सबभन्दा बढी भिटामिन हुन्छ ।

ड्सिस्नोमा ८२.४% पानी र १७.६% सुख्खा पदार्थ हुन्छ जसमा प्रोटिन ५.५%, कार्बोहाइड्रेड ७.१%, बोशोका साथसाथै क्याल्सियम, म्याग्नेसियम, खनिज, क्लोरोफिल, क्रोमियम, कोवाल्ट, फलाम, फस्फोरस, पोटासियम, जिंक, तामा, सल्फर, नियासिन, म्यान्गानिज, सेलेनियम, भिटामिन B,C,D,K आदि पाइन्छन् । सिस्नोका उत्पादनहरुको सेवनले मानव शरीरको पाचन प्रणाली मजबुद बनाउन, अपचको समस्या समाधान गर्न, ग्याष्ट्रिक नियन्त्रण गर्न र भित्रि पेटको सरसफाई गर्न सहयोग गर्दछ । साथै सिस्नोमा फाइबर र लासिलोपाना हुने हुँदा खाना पचाउन सहज गर्दछ ।

सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, डाइटब्यालेन्सलगायत रगत उत्पादन गर्ने, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चाँया पनि हटाउँछ । महिनावारी अनियमीत हुने ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, ग्याष्टिक, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन भएका बिरामीलाई उपयोगी मानिन्छ ।

रक्तसंचार प्रणाली अन्तर्गत मुटुसम्बन्धि बिभिन्न रोगहरू समाधान, उच्च रक्तचाप नियन्त्रण, कलेजो संरक्षण, रक्त शुद्धिकरण गर्न शरीरमा नयाँ सेल बनाउन यसले महत्वपूर्ण सहयोग गर्दछ । साथै प्यान्क्रियाज लाइ अधिक इन्सुलिन बनाउन वा रिलिज गर्न मद्धत गरि रगतमा चिनीको मात्रा कम गर्दछ ।

मिर्गौला तथा पिसाब सम्बन्धि समस्या हटाउन, पत्थरीको समस्या समाधान गर्न, पिसावमा हुने संक्रमण नियन्त्रण गर्न र मुत्रनालिमा हुने अवरोध हटाउन मुत्रवर्धक जडिबुटीको रुपमा सिस्नोका उत्पादनहरुको उपयोग गर्न सकिन्छ । यसले मुत्रपथबाट हानिकारक ब्याक्टेरिया हटाउन र प्रोश्टेटिक हाइपरप्लेसिया अवस्थाका मानिसलाई राहात दिलाउन सहयोग गर्दछ ।

त्यसैगरी पुरुषको शुक्रकिट उत्पादन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुखेको, झस्को पसेको, सर्को पसि सोला हान्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ । यसलाई झोल बनाएर खाना सँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् ।

यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो । यसमा हुने भिटामिन ए, भिटामिन सी, भिटामिन डी लौहतत्व, पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल लामो समयदेखि प्रचलित रहेको छ । यसमा २५५ सम्म प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो ।

सिस्नोको प्रयोग गर्ने विधि

१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट फाईदा लिन सकिन्छ ।

मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरिरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । तर हामी कतिले थाहा पाएर पनि त्यो उपाय प्रयोग गरेका छैनौं । शरिरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नु खानु पर्ने वैज्ञानिकहरुले बताएका छन्न् । हामीले हप्तामा एक पटक पानीले नुहाए जस्तै गरी नियमित रुपमा हप्तामा एकपटक सिस्नु खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने नेपालका कृषि बैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

हप्ताको एकपटक सिस्नु खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा दिसाको थैलो सफा हुने कृषि बिज्ञहरु बताउछन् । हप्तामा एकपटक सिस्नु खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।

बहुगुण भएको यो सिस्नो हाम्रो पहाडी क्षेत्रका गाँउ घरका वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ । हामीले खाने सागहरु मध्ये सिस्नु पनि एक उत्कृष्ट सागमा पर्छ । यस्ता अमूल्य जडीवुटीहरु हाम्रौ घर आंगनमा भएता पनि यसको प्रयोग कसरी र केमा आउछ भन्ने थाहा नहुँदा हामी यस्ता खालका जडीवुटीलाई काटेर त्यसै नष्ट गर्ने र घर पालुवा चौपायको लागी खोले, सोत्तर, घाँस जस्ता कार्यमा प्रयोग गरी रहेका छौ । हाम्रो देश कृषि प्राधन देश भएको हुनाले यहाँ मध्यम वर्गका मानिसहरुको धेरै बसोबास छ र गरिबीको रेखामुनी पर्ने मानीस जो अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको छन् ।

यस्ता खालका मानीसहरुलाई यी बहुआयमिक खालका गाँउघरमै पाईने जडीबुटीका बारेमा चेतना दिन सके औषधी नपाएर अकालमा ज्यान गुमाउन बाध्य मानिसको संख्या कम गर्न सकिन्थ्यो । त्यस्तै जागिर नपाएर विदेशीएका जनशक्तिलाई हाम्रा गाँउघरका जडीवुटीको सदुपयोग बारेमा बुझाउन सके यस्ता बहुआयमिक जडीबुटीको खेती गरी आयआर्जनको राम्रो स्रोत हुने र यसरी विदेशीने जनशक्तिलाई कम गर्न मद्दत पुग्दथ्यो ।

नेपाल विकासउन्मुख राष्ट्र भएको हुँदा देशमा पाइने जडीबुटी संकलन गरी प्रशोधन गरि औषधिको रुपमा विदेश पैठारी गर्न सके राष्ट्रले राम्रो आम्दानी गर्न सक्थ्यो र रेमिट्यास र वैदेशिक सहयोगको भर पर्नुपर्ने बाध्यता अन्त्य हुने थियो ।

मानव स्वास्थ्यको लागि मात्रै नभई जीवजन्तुका लागि पनि बहुउपयोगी

अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।

साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।-गोलखबर

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖