• Friday 9th of October 2026

भारत पहिलो खेलमा नै अस्ट्रेलियासँग पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा भारत आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको छ । कतारको अल रेयान सहरस्थित अहमद बिन अली स्टेडियममा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २–० ले हराएको हो ।

ज्याक्सन इरविनले ५० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ७३ औँ मिनेटमा वैकल्पिक खेलाडी जोर्डन बोसले टोलीका लागि दोस्रो गोल गरे ।

भारत एक पराजयसँगै समूह बीको अन्तिम स्थानमा पुगेको छ । योसँगै अस्ट्रेलिया ३ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । भारतले अर्को खेलमा जनवरी १८ मा उज्बेकिस्तान र २३ जनवरीमा सिरियासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖